झापाका कार्कीसहित ६ जना एमाले केन्द्रीय सदस्यमा मनोनित

झापा,२० पुस। नेकपा एमालेले झापाका पार्टी अध्यक्ष दिपक कार्कीसहित ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले झापाका कार्की , कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, र मधेस प्रदेशका रामअवतार यादवलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
मनोनितमध्ये कार्की बाहेकका ५ जना तत्कालीन प्रदेश अध्यक्ष रहेका थिए भने कार्की झापा जिल्लाका अध्यक्ष भएर आफनो जिम्मेवारी सम्हालिआएका छन् । मनोनित भएका कार्की संविधानसभा सदस्य समेत हुन् ।

Leave a Reply

Your email address will not be published.