दमक, २० पुष । झापाको दमकस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दै आज एक जना खेलाडीको मृत्यु भएको छ ।दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको खेलमैदानमा सञ्चालित कबड्डी खेलमा सहभागि प्रतिष्ठानमा अध्ययनरत संखुवासभा, भोटखोला गाउँपालिका वडा नम्बर ४ का १८ वर्षिय लाप्चक भोटेको मृत्युभएको हो । प्रतिष्ठानमा उनी सिभिल ईन्जिनियर डिप्लोमा फष्र्ट लेभलमा अध्ययनरत थिए । प्रतिष्ठानमा खेलकुद सप्ताह सञ्चालन रहेको थियो ।
प्रहरीका अनुसार खेल सुरु भएको ३ मिनेटमा नै एक्कासी बेहोस भएका उनको तत्काल उर्लाबारीस्थित गोदावरी हस्पिटलमा लगिएको थियो ।तर गोदावरीमा उपचार सम्भव नभएपछि उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लैजादा गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले बताए ।
भोटे प्रतियोगितामा प्रतिष्ठानबाट कवडी खेलका टिम क्याप्टेन रहेको प्रतिष्ठानले जनाएको छ ।