डा. लेखनाथ न्यौपाने
मानिस पञ्च तत्वको मिश्रण हो । पृथ्वी, जल, आकाश, बायु र तेजको समग्र रुपलाई जीवन भनिन्छ । शरीर, मन र आत्माको संयुक्त रुपले जीवन चलेको हुन्छ । यी तिन मध्ये कुनै एकको अनुपस्थितिमा शरीर लासमा परिणत हुन्छ । शरीर भनेको उर्जा पनि हो र यसैले जीवन चल्छ । जीवन भनेको खुसी पनि हो । उर्जाको एउटा प्रमुख स्रोत प्रेम हो । प्रेम मात्र दुई आत्माको मिलन नभएर सम्पूर्ण जगत चलाउने आधार पनि हो । विश्वास पनि हो । भरोसा र सर्मपण पनि हो । मानिसको शरीरमा उत्पन्न हुँने रसराग (हर्मोन) नै सकारात्मक विचार, प्रेम र खुसी रहने मुख्य आधार मानिन्छ ।
प्रेम के हो त ? धेरैले भनेको सुनिन्छ, उ त कहिल्यै खुसी देखिदैन, म कहिल्यै खुसी हुन सकिन । उ सधै मलिन अनुहार र उदास देखिन्छ । सबैकुरा उपलब्ध हुँदा पनि खुसी देखिदैन किन यस्तो होला ? पहिला यसको चर्चा गरौं । मानिस हरेक पलमा सहयोग, साथ अनि भरोसाको भोको हुन्छ । कसैको नजिक रहेर बाच्न चाहन्छ । आप्mना रहर सुनाउन र साट्न चाहन्छ । दरिलो साथ चाहन्छ । मनमा भएका खुसी बाहिर ल्याउन र पोख्न चाहन्छ । यही हरपल चाहिने साथ, सहयोग, ढाढस एउटा उर्जा हो र यो शक्तिको स्रोत पनि हो । र, यो नै प्रेम हो । बाच्ने आधार हो प्रेम । छोटो रुपमा भन्दा प्रेम नै उर्जा हो । यसैको वरिपरि मानिस या पशुप्राणी बाँचेका हुन्छन् । कसैले कसैलाई बुझनु, सम्झिनु, उसका कुरा सुन्नु र साथ दिनु पनि प्रेम हो । मानिस या पशुलाई लयमा बाध्ने आधार पनि प्रेम हो । प्रेम मात्र दुई स्त्री र पुरुषका बिचको मिलन होइन यो त सम्पूर्ण ब्रमाण्डको संचालन हो । प्रेम सास्वत शक्ति हो । यो नै शरीरको उर्जा अथवा बाच्ने आधार हो । प्रेम क्षमा हो, साथ रहनु हो । कसैलाई हौसला दिनु प्रेम हो । तपाई कुनै काम मन लगाएर गर्नु हुन्छ भने त्यो प्रेम हो । यही प्रेमले काम सम्पन्न हुन्छ र सफलता हात पर्छ । त्यसैले हरेक कामका पछाडि प्रेम लुकेको हुन्छ । हरेक सफलताका पछाडि प्रेम लुकेको हुन्छ । वास्तवमा भन्ने हो भने प्रेम नै सफलताको कडी हो । र, यसैमा खुसी लुकेको हुन्छ ।
खुसी के हो र कसरी प्राप्त गर्न सकिन्छ ? खुसी हाम्रो सम्पूर्ण इन्द्रियहरुमा दौडिने रसराग(हर्मोन)को संयोजन हो । खुसीको अर्थ रमाउनु, अरुको सुखमा आफुमा पनि सकारात्मक भावना झल्किनु, अरुको सहयोगमा मन रमाउनु अनि आफैमा सन्तुष्टी महशुस गर्नु नै खुसी हो । खुसी पनि दैहिक र आत्मिक हुन्छन् । देहले मागेको कुरा पुरा भएमा क्षणिक आनन्द प्राप्त हुन्छ । यो पनि खुसी हो तर यो स्थायी हुँदैन । जस्तै खोजेको वस्तु प्राप्त हुनु, मिठो खाना पाप्त हुनु,, मिठो निद्रा पाउनु, साथीभाईसँग बसेर रमाइलो होस या धनसम्पत्ती प्राप्त हुनु होस या यौन आनन्द । यी सबैले केहि समयकालागि मात्र खुसी दिन्छ । केहि समयपछि पुनः अरु प्राप्तीको भोक सुरु हुन्छ । तर दोस्रो खुसी आत्मीक हुन्छ । यो खुसी भने स्थायी हुन्छ । यसकालागि हामीले बाहिरी दुनिया भन्दा भित्री कुरा अथवा मन भन्दा पनि पर अनन्त आत्माको परिभाषा र उसको देनका बारेमा अनि प्रकृति र पञ्च तत्वका बारेमा बुझनु जरुरी हुन्छ । पृथ्वी, जल, आकाश, बायु र तेजको अंश नै हाम्रो जिवीत शरीरमा रहेको हुन्छ भन्ने कुरा बुझनु बुझाउन सक्नु पर्छ । यिनै तत्वले हामी बनेका हौं र जिवित छौं भन्ने बारेको ज्ञान हुन आवश्यक छ । जब यी तत्वको ज्ञान र महत्व थाहा हुन्छ स्थायी खुसी प्राप्त हुन्छ ।
…………………………………………………………………………………………………………….
प्रेम के हो त ? धेरैले भनेको सुनिन्छ, उ त कहिल्यै खुसी देखिदैन, म कहिल्यै खुसी हुन सकिन । उ सधै मलिन अनुहार र उदास देखिन्छ । सबैकुरा उपलब्ध हुँदा पनि खुसी देखिदैन किन यस्तो होला ? पहिला यसको चर्चा गरौं । मानिस हरेक पलमा सहयोग, साथ अनि भरोसाको भोको हुन्छ । कसैको नजिक रहेर बाच्न चाहन्छ । आप्mना रहर सुनाउन र साट्न चाहन्छ । दरिलो साथ चाहन्छ । मनमा भएका खुसी बाहिर ल्याउन र पोख्न चाहन्छ । यही हरपल चाहिने साथ, सहयोग, ढाढस एउटा उर्जा हो र यो शक्तिको स्रोत पनि हो । र, यो नै प्रेम हो । बाच्ने आधार हो प्रेम । छोटो रुपमा भन्दा प्रेम नै उर्जा हो । यसैको वरिपरि मानिस या पशुप्राणी बाँचेका हुन्छन् । कसैले कसैलाई बुझनु, सम्झिनु, उसका कुरा सुन्नु र साथ दिनु पनि प्रेम हो । मानिस या पशुलाई लयमा बाध्ने आधार पनि प्रेम हो । प्रेम मात्र दुई स्त्री र पुरुषका बिचको मिलन होइन यो त सम्पूर्ण ब्रमाण्डको संचालन हो । प्रेम सास्वत शक्ति हो । यो नै शरीरको उर्जा अथवा बाच्ने आधार हो । प्रेम क्षमा हो, साथ रहनु हो । कसैलाई हौसला दिनु प्रेम हो । तपाई कुनै काम मन लगाएर गर्नु हुन्छ भने त्यो प्रेम हो । यही प्रेमले काम सम्पन्न हुन्छ र सफलता हात पर्छ । त्यसैले हरेक कामका पछाडि प्रेम लुकेको हुन्छ । हरेक सफलताका पछाडि प्रेम लुकेको हुन्छ । वास्तवमा भन्ने हो भने प्रेम नै सफलताको कडी हो । र, यसैमा खुसी लुकेको हुन्छ ।
……………………………………………………………………………………………………………….
हाम्रो शरीर माटोको अंश हो । हामी यही माटोमा जन्मियौंं । यही माटोमा हुर्किदै छौं । यही माटोमा उब्जिएको अन्न खाएका छौ अनि यही माटोमा हाम्रो मृत शरीर विलिन हुन्छ । यो कुरालाई बुझने हो भने धरती त हाम्री जननी हुन् । जननीप्रति प्रेम र सम्मान रहने हो भने स्थायी खुसी प्राप्त गर्न सकिन्छ । जस्तै हरियाली, फुल बगैचा, अनि ध्यान तपस्या । यसमा को रमाउदैन र ? यसरी नै जल अर्को तत्व हो । हामी मानिसको शरीरमा ७० प्रतिशत भन्दा धेरै पानी हुन्छ । आखिर पानीको स्रोत त यही धर्ति हो, यही आकाश हो, खोला अनि समुन्द्र हो । उदाहरणको लागि तिर्खा लाग्दा शरीरले पानी माग्नु, गर्मीमा पानी पर्नु, मरुभूमिमा वर्षा हुनु । के यसरी खुसी दिदैन र ? यसरी नै आकाश अर्को तत्व हो जसको छहारीमा सारा सजिव निर्जिव वस्तु आटेका छन् । जहाँबाट हेरे पनि अनन्त निलो आकाशले सबैको ध्यान तानेको छ । यही अनन्त आकाशमा हावा छ, सूर्यको प्रकाश र ताप छ । ताराहरुको चमक छ । चन्द्रमाको सितलता छ । यसले जीवन सहज बनेको छ । के यसले खुसी खुसी दिएको छैन र ? अर्को तत्व हो बायु अथवा प्राण । जसको अनुपस्थितिले हामी ४ मिनेटसम्म मात्र बाँच्न सक्छौं । अब बुझौं बायुको महत्व जसले हामीलाई जीवन दिएको छ, प्राण यसैमा अडेको छ । जसको अनुपस्थितिमा जीवनको अस्तित्व नै छैन् । यसो हो भने बायु हाम्रा लागि कति महत्वको रहेछ ? तेज अर्को तत्व हो, जसले उज्यालो र ताप दिएको छ । संसारलाई उज्यालो र तापले मात्र देख्न र महशुस गर्न सकिन्छ अनि यसैको सहयोगले जीवनको अस्तित्व सम्भव भएको हो । जसरी अन्र्टाटिका महादेशमा मानव जीवनको सम्भावना नै छैन कारण त्यहाँ अत्यन्त चिसो छ । त्यसैले पञ्च तत्वको महत्व र उपयोगिता बुझने हो भने प्रकृतिको संरक्षण पनि हुन्छ र मानिसले स्थायी खुसी पनि प्राप्त गर्न सक्छ । जसरी मानिस बाहेकका पशुप्राणीले यही प्रकृतिबाट खुसी लिएर आनन्दले बाचेका छन् । उनीहरुमा न अनावश्यक लोभ छ न लालच । छ त एक आपसमा प्रेम, सुखको जीवन अनि सहज मृत्यु । त्यसैले यी प्रसङ्गहरुबाट आखिर खुसी प्राप्त हुने तत्वको सम्मान र यसैमा रमाउन सक्नु स्थायी खुसी प्राप्त गर्ने आधार हुन् ।
अब लागौं हाम्रो शरीरमा खुसी ल्याउने रसरागका बारेमा । विज्ञानले मानव शरीरलाई बुझन सहज बनाएको छ । शरीरभित्र कुन र कस्ता सुक्ष्म तत्वहरुले मानव लगयताका अरु जीवको जीवनमा खुसी अथवा तनाव ल्याउन सघाएका हुन्छन् भन्ने बारेमा विभिन्न अध्ययन गरेको छ । विज्ञानका अनुसार हाम्रो मस्तिष्क स्नायुबाट डोपामिन र नोरइफिनेफ्रोन नामक रसराग( हर्मोन ) उत्पन्न भइरहेको हुन्छ । यी रसरागहरुले व्यक्तिमा आनन्द, स्नायु उत्तेजना अनि उत्साहको भावना निम्त्याउँछ । त्यही क्षण त्यहाँ सेरोटोनिन (खुसिको अनुभूति दिलाउने रसराग) प्रवाह हुन्छ र त्यसले मोह भावलाई उत्तेजित पार्छ । यो अवस्थामा मानिस प्रेमिल बन्दछ । विशेष गरेर दुई अलग जाती अथवा पुरुष र स्त्रीबिच आकर्षण वढेर जान्छ । यो अवस्थामा शरीररमा रहेको अर्को रसराग जसलाई यौन हर्मोन पनि भनिन्छ तिब्र प्रसारण हुन्छ । ति हुन् टेस्टोइस्टेरोन र इस्ट्रोजेन । यी हर्मोनले व्याक्तिमा कामबासनालाई उक्साएर प्रेम हर्मोन(अक्सिटोसिन) को प्रवाह वढाउछ । र मानिस या पशु प्रेमको सुखद अनुभुति गर्छन् । यसलाई सही सदुपयोग गरेर दाम्पत्य जीवन सुन्दर हुन्छ भने कतिले यसको दुरुपयोग गरेर लतमा फस्ने, घर बिगार्नेदेखि एकतर्फी प्रेममा परेर जीवन असहज अवस्थामा पुर्याँएका कयौ घटना देख्न र सुन्न सकिन्छ । तर यसमा हर्मोनको भने दोष हुँदैन स्यम, परिवार, वातावरण र अन्य कारणहरु पनि हुन्छन् । सही तरिकाले शरीरमा आएको प्रेम अथवा खुसीलाई सदुपयोग गर्न सकेमा खुसी र सुखी जीवन यापन गर्न सकिन्छ र संसारका करोडौं मानिसहरु खुसी छन् भने कतिले यस्तो राम्रो उपहारको सदुपयोग गर्न नजान्दा दुखी भएको देखिन्छ ।
यसरी नै अक्सिाटोसिन हर्मोन प्रेम आलिंगन तथा चुम्बनको समयमा मानव मस्तिष्कमा वढी मात्रामा निसृत हुन्छ । यसलाई आलिंगन या स्नेह हर्मोन पनि भनिन्छ । विशेषगरी अक्सिटोसिन यौनको चरम सन्तुष्टितिर शरीरभरि प्रवाहित हुन्छ भने स्ञीमा भने सन्तान जन्मिएपछि स्तनपान गराउँदा पनि प्रवाहित हुन्छ । त्यसैले यो हर्मोनले यौनमा सहजता ल्याउने मात्र नभएर आमा र सन्तानमा पनि प्रगाढ प्रेम ल्याउन सघाँउछ अनि परिवारलाई बाधेर राख्न अहम भूमिका खेल्छ । यही कारणले पनि परिवारमा नयाँ सन्तान या नयाँ सदस्यलाई प्रेम दिन र नजिक राखेर परिवारको सदस्य सम्झिन सहयोग गरेको हुन्छ । यसैको उदाहरण हो संयुक्त परिवारको सुन्दर पक्ष, प्रगति र सामग्र प्रेम । त्यसैले प्रकृतिले मानिस लगायत हरेक प्राणीलाई एकापसमा सम्मान र भाइचारा कायम गरेका भए पनि आजकालको पश्चिमा संस्कृतिको हावीका कारणले परिवारमा फुट ल्याउनुको मुख्य कारण प्रेमलाई फगत यौनको उत्कण्ठ रुपमा मात्र लिएको देखिन्छ । जसका कारण नेपाल र नेपालीको संस्कृति, संयुक्त परिवार, सदभाव सबै बिचलनमा आएको प्रष्ट छ ।
समग्रमा, खुसी र प्रेम एक आपसका पर्याय हुन् । जहाँ प्रेम छ त्यहाँ खुसी छछल्किन्छ । जहाँ खुसी छ त्यहाँ प्रेम स्वतः देखिन्छ । जहाँ प्रेम र खुसीको महल छ त्यहाँ स्वस्थ शरीर त हुने नै भयो । किनभने प्रेममा हारलाई पनि सामान्य र प्राकृतिक नियम मानिन्छ । त्यहाँ बदलाव, आक्रोस रहदैन । प्रेम सधै निास्चल र सफा हुन्छ । त्याग हुन्छ । सहयोग र सदभाव हुन्छ । योगदान हुन्छ । डर, धाक, धम्की, डाह केहि हुँदैन । मात्र राम्रो सम्बन्ध हुन्छ । आट र हिम्मत हुन्छ । एकले अर्कामा सहयोग हुन्छ । विचारको आदन प्रदान हुन्छ । भावनाको साटासाट हुन्छ । मिठो बेली र नरम व्यवहार हुन्छ । एक आपसमा इज्जत र सम्मान हुन्छ । यस्तो अवस्थामा माथि भनिएका सबैखाले हर्मोन धेरै उत्पन्न हुन्छन् । शरीरमा उत्पन्न्न हुने कर्टिसोल जस्ता हानिकारक हर्मोनहरु कमै निस्किन्छन् । जसले गर्दा शरीर भित्रको आत्मिक शरीरमा सकारात्मक सन्देशहरुको प्रवाहमा वृद्धि हुन्छ । तब मानिस मानसिक, सामाजिक र भावनात्मक रुपले पनि खुसी र सुखी रहन सक्छ । हामी वरिपरि रहेको र हाम्रै शरीरमा भएको पञ्च तत्वले पनि सधै साथ दिन्छ । यस्तो अवस्था मानिस सदा खुसी र प्रेमिल रहन सक्छ र यो बुझन सकेमा निरोगी त हुन्छ नै उसको जीवन पनि सफल हुन्छ, अस्तु ।(लेखक , दमकका होमियो चिकित्सक हुन् । )