ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर,२० पुस । ट्रकको ठक्करबाट विराटनगरमा शुक्रबार साँझ एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ भने त्यसमा सवार दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा विराटनगर–१५ का १६ वर्षीय सुरज ठाकुर रहेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । दुर्घटनामा घाईते ठाकुरलाई उपचारका लागि कोशी अस्पतालमा लगिएकोमा उपचारका क्रममा रातिनै मृत्यु भएको थियो । दुर्घटनामा घाइतेमध्ये १६ वर्षीय आदित्य साह र १८ वर्षीय विकासकुमार यादवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
विराटनगर–१४, आईसीपी रोडमा कोइला लोड गरिएको भारतीय ट्रक (जेएच १५ जे ७१०३) र प्रदेश नम्बर १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

 

Leave a Reply

Your email address will not be published.