बृद्धा कथाकार खड्गमायाले ल्याइन् तेश्रो कथा सङ्ग्रह

धरान,१९ पुस । तेह्थुम,म्याङलुङ्ग निवासी लिम्बु मातृभाषी खडगमाया तुम्बाहाङफे लिङथेपले ८४ वर्षको उमेरमा नेपाली भाषामा तेश्रो कथा सङग्रह ‘नरमाया पागल भई’ प्रकाशित गरेकी छन् । यसअघि उनको सावरमती, पूर्खाका किर्तीहरु, वैशाली जस्ता कथा सङ्ग्रह प्रकाशित भईसकेकाछन् ।
श्रष्टा खड्गमायाका अनुसार नयाँ कृति कोरोना महामारी विच २०७७ माघमा प्रकाशित भएको हो । उनका छोरा लिम्बू ईतिहास, भाषा संस्कृतिका अनुसन्धानकर्ता उत्तम लिङथेपले पुस्तक विमोचन गरि सार्वजनिक इच्छा हुदाहुदै पनि कोरोना महामारीले पूरा हुन सकेन ।
कविता लेख्नमा पनि रुचि राख्ने आमा खड्गमाया अहिले ८५ ओै वर्षमा लाग्दा पनि नियमित लेखन कार्यमा तल्लिन रहने गरेकी छोरा लिङथेपले बताए । अब अर्को कृति तयार भए त्यस्लाई विमोचन कार्यक्रमबाटै सार्वजनिक गरिने उनको भनाई छ ।
वयोवृद्धा कथाकार खड्गमायाको जन्म १९९४ माघ १७ गते हाल तेह्रथुम मेयङलु तम्फुला ४ मा भएको हो । स्वअध्ययनबाट शिक्षित अहिले पनि मसिना अक्षर पढ्छन् र लेख्छिन् । बृद्धाको यतिका उमेरमा पनि लेखन शैली देखेर जोकोही नतमस्तक हुने गरेको पूर्वकै अग्रज पत्रकार धरान निवासी हर्ष सुब्बा बताउँछन् ।

Leave a Reply

Your email address will not be published.