झापा-५ बाट केपी ओली सर्वसम्मत सिफारिस

दमक ,१९ पुस । नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनका लागि आफना अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट सिफारिस गरेको छ। बिर्तामोडमा बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार यस क्षेत्रका लागि अन्य कुनै पनि उम्मेदवारको दाबेदारी नआएपछि अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा केन्द्रमा पठाइएको हो। ओली यसअघि पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी हुँदै आएका छन्। यस पटकको निर्वाचनमा पनि उनको पकड बलियो रहेको भन्दै क्षेत्रीय कमिटीले उत्साहपूर्वक उनको नाम सिफारिस गरेको बताइएको छ।
झापा- १ बाट ८ जनाको नाम सिफारिस
एमालेले झापा – १ बाट ८ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं। १ को बैठकले जिल्लालाई ८ जनाको नाम सिफारिस गरेका हो । बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा राजु कार्की, लक्ष्मी राई, घनश्याम अधिकारी, असारु राजवंशी, कृष्ण कनाल, रामचन्द्र उप्रती, निरु परियार र चन्द्र प्रसाईको नाम सिफारिस भएको जनाइएको छ ।

झापा -३ बाट दिपक कार्कीसहित ५ जनाको सिफारिस
एमालेले झापा-३ बाट दिपक कार्कीसहित ५ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं। ३ को बैठकले जिल्लालाई ५ जनाको नाम सिफारिस गरेका हो । बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा दिपक कार्की, देवेन्द्र आचार्य, बसन्त बानियाँ,सन्तलाल मेचे र हरिबहादुर राजवंशीको नाम सिफारिस गरिएको क्षेत्रीय सचिव नरेश चुडालले जानकारी दिए ।

झापा ४ बाट एलपी साँवासहित ३ जनाको सिफारिस

एमालेले झापा – ४ बाट एलपी साँवा लिम्बूसहित ३ जनाको नाम सिफारिस गरेको छ । आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ४ को बैठकले जिल्लालाई ३ जनाको नाम सिफारिस गरेका हो । बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा साँवासहित हिरा थापा र भोजकुमारी नेपालको नाम सिफारिस गरिएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published.