‘दउवा’ संघको अध्यक्षमा गुरागाई विजयी(मतसहित )

दमक,१९ पुस ।दमकका उद्योगी,व्यवसायीहरुको छाता संगठन दमक उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गोपाल गुरागाई निर्वाचित भएका छन् ।उनले अध्यक्षका प्रत्यासी भरत चम्लागाई र राजु खड्कालाई पराजित गरि दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए । गुरागाईले ८९६ मत ल्याउदैं विजयी भए । अध्यक्षका प्रत्यासी चम्लागाईले ५८६ र खड्काले ५०७ मत प्राप्त गरेका थिए ।

निर्वाचन समितिका संयोजक लीला गुरागाईका अनुसार वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत (८०६) ,प्रथम उपाध्यक्षमा रुवल अधिकारी (९६७), द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा(८४८), तृतीय उपाध्यक्षमा सुवास गड्तौला (७००) र महिला उपाध्यक्षमा संगीता तुम्बापो (७८५) निर्वाचित भएका छन् ।
सार्वजनिक गरिएको मतपरिणाम अनुसार वरिष्ठ उपाध्यक्षका प्रत्यासी राजकुमार योङया (५७३),ज्ञानु पौडेलले ५७४ मत ल्याएका थिए । त्यस्तै, पराजित भएका प्रथम उपाध्यक्षका उम्मेदवार तुलसी तिम्सीना (६०७) ,सुनिल साहले ३६६ मत पाए । द्धितीय उपाध्यक्षका उम्मेदवार नविनकुमार अग्रवाल (५९८),रमेश लुईटेल(४९८) , तृतीय उपाध्यक्षका उम्मेदवार उमेश गजमेर (५७३) र विवेक श्रेष्ठ (६७८) मत पाएर पराजित भएका थिए ।

यसैगरि, महिला उपाध्यक्षकी उम्मेदवार लोकमाया ढुंगानाले ४३८ र शुष्मा निरौलाले ७१५ मत प्राप्त गरेकी थिइन् । निर्वाचित छ पदाधिकारी मध्ये चम्लागाई समूहबाट बरिष्ठ उपाध्यक्ष बाहेक अन्य गुरागाई प्यानलका उम्मेदवारहरु विजयी भएका थिए ।
६ खुला सदस्यमा निर्वाचितहरु
निर्वाचन परिणाम अनुसार छ खुला सदस्यहरुमा भरत दुलाल, चिरन न्यौपाने,कविन श्रेष्ठ,कुमार श्रेष्ठ ,टंकप्रसाद आचार्य र सहदेव भटटराई निर्वाचित भए । खुला सदस्यका उम्मेदवारहरु आनन्द थापा (६०३), इन्द्रकुमार श्रेष्ठ (५९५) , चक्रमणि निरौला( ४६८ ), तोर्ण बस्नेत (४७७) ,देवेन्द्र सुब्बा ( ४७६) ,नविन बजगाइ (५५६ ) , पदम राउत (३९६) ,मेघनाथ फूयल ( ३४८) , युवराज घिमिरे (५८१) , शंम्भु भण्डारी ( ६८८) र सन्तोषकुमार साह (३९६) मत पाएका थिए ।
सात बस्तुगतमा निर्वाचितहरु
सात बस्तुगततर्फ हेमसागर अधिकारी, कृष्णराज दाहाल, टंक ढकाल, डुका कुमाल, बुद्धिशेखर बजगाई ,गोकुल खड्का ,खेमराज पाण्डे निर्वाचित भए । बस्तुगतका सदस्यका पराजित उम्मेदवारहरु चन्द्र काफ्ले (८३०) , महेन्द्र दुलाल (८२८) , युवराज पाठक (८७४) ,लालबहादुर विक (७८५) ,शिवराम श्रेष्ठ (८४९) मत ल्याएका थिए ।
दुई महिला सदस्यमा निर्वाचितहरु
महिला सदस्यतर्फ संगीता प्रसाई र उर्मिला गुरुङ चुनिएकी छन् । महिला सदस्यका पराजित हुनेहरुमा अन्जना ताम्राकार ( ४८३), गंगादेवी वजगाई ( ५३०) ,बसुदा कडरिया दाहाल ( ६६७) , विष्णुमाया उप्रेती ( ५४१) मत पाएकी थिइन् ।
तीन सदस्यीय लेखा समितिमा निर्वाचितहरु
तीन सदस्यीय लेखा समितिको संयोजकमा भेनस श्रेष्ठ विजयी भए । उनका प्रतिद्धन्दी निलकण्ठ निरौला ( ६०३) र बिमल बराल ( ६२९ ) मत पाएका थिए । यसैगरि, लेखा सदस्यमा ८७४ मत ल्याएर रुपक सापकोटा र ७५३ मत ल्याएर राजकुमार अधिकारी सदस्यमा निर्वाचित भए । लेखा सदस्यका उम्मेदवारहरु नन्दलाल पाण्डे (६७९), विलास यादव ( ५३१) ,राधादेवी ढुंगाना ( ४१९) र सागर लावतीले ४१२ मत पाएका थिए ।
संघको अध्यक्षसहित पदाधिकारीतर्फ विभिन्न ६ पदमा १८ जना , ६ बस्तुगत सदस्यतर्फ १३ जना र ६ खुला सदस्यतर्फ १८ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
यसैगरि, महिलातर्फ दुई सदस्यमा ६ जना र तीन सदस्यीय लेखा समितिमा ९ जनाको उम्मेदवारी परेको थियो ।
२० सदस्यीय कार्यसमितिका लागि ५५ जनाको उम्मेदवारी मनोनयन परेको थियो । शुक्रवार भएको निर्वाचनमा संघमा आवद्ध २२९८ व्यवसायी मतदाता रहेकामा २०२८ मत खसेको थियो ।

नवनिर्वाचित अध्यक्ष गुरागाई

Leave a Reply

Your email address will not be published.