‘स्कुल बेच्ने बालक’नामक पुस्तकले सिकाएको ज्ञान

डा. लेखानाथ न्यौपाने

आफु एउटा चिकित्सक, त्यसमा पनि होमियोप्याथिक विधाको । धेरै समय बालबालिकाकै उपचारमा खर्चिन्छु । विभिन्न प्रकारका निको हुन नसकेका बालबालिकाका समस्या आउछन् । विरामी लिएर आउने आमाबुबाको अपेक्षा आप्mनो नानी निको होस भन्ने हुन्छ । धेरै चिकित्सककहाँ जँचाएर आउनु भएका कारण विरामी नानीहरु चिकित्सकलाई राम्ररी हेर्न र बोल्न पनि चाहदैनन । उनीहरुमा चिडचिडापन धेरै हुन्छ । विरामी नानीबाबुहरुको समस्या बुभ्न नसक्दा र बालमोविज्ञान नजान्दा उपचार अधुरै रहेको पाइन्छ । विगत २३ वर्षदेखि बालबालिका सम्बन्धीका रोगको उपचार गर्ने अवसर पाएको छु । बालबालिकालाई नजिकबाट बुझेर उपचार गरेकै गरेकै कारण विरामी बच्चाबच्चा क्लिनिकमा ल्याइन्छन् । उनीहरु डाक्टरले सुईलगाइदिने, माया नगर्ने अनि ठूलो स्वरमा बोल्ने गरेका कारण रुष्ट हुन्छन् । त्यसैले आमाबाबुले जस्तै चिकित्सकले पनि बालबालिका त्यसमा पनि प्रिस्कुल उमेरका नानीबाबुहरुको स्वभाव, कृयाकलाप का बारेमा जान्नै पर्छ । यही कारण बालबालिको मनोविज्ञान सम्बन्धिका अनि उनीहरुको बाबआमाप्रतिको अपेक्षा र सुझबुझ सम्बन्धि लेखिएका पुस्तक पढने इच्छा वढन थाल्यो । दाजुभाईलगायतका धेरै लेखकका पुस्तक पढें । आफुले जानेका बुझेका कुरा लेख मार्फत अरुसम्म पुर्याएँ । आप्mनै घरका छोराछोरीका स्वभाव र रोगले अरु सिकायो । बालबालिकाका स्वभावअनुसार कसरी उनीहरुको भावना वुभ्mने, कसरी उनीहरुलाई बुझेर उचित व्यवहार गर्ने, उनीहरु के कुराले रिसाउँछन्, के गरियो भने उनीहरुको रिस सान्त हुन्छ, खान खान नमान्ने नानीबाबुहरुलाई कस्तो ट्रिक लगाए खुसी भएर खान्छन् ? औषधि खान नमान्नेलाई कसरी खुसी बनाएर खुवाउने, विद्यालय जान मानेनन भने कस्तो व्यवहारले उनीहरु जान्छन् ? बुबाआमालाई नानीबाबुहरुले कस्तो सोचेका हुन्छन्, कस्तो व्यवहारले उनीहरु आज्ञाकारी हुन्छन् भन्नेजस्ता अनेक प्रश्नको उत्तर पाउने हुटहुटीकै बिचमा संचारकर्मी तथा लेखक दामोदर न्यौपानेको पुस्तक ”स्कुल बेच्ने बालक” हात लाग्यो । अत्यन्तै सरल भाषामा नानीबाबुहरुको स्वभाव, व्यवहार, इच्छा, घुर्रक्याई, रिस, सिकाई जस्ता अनेक कुरालाई लिपिवद्ध गरिएको पाएँ । त्यसैले पुस्तक पढेपछि आफु मात्र जानेर बुझेर भएन लाखौं बाबाआमाले पनि आप्mना छोराछोरीको बानी कसरी सुधार गर्न सकिन्छ र उनीहरुले राम्रो शिक्षा र आचरण सिकाउन सकिन्छ भन्ने उद्देश्यले यो समीक्षा लेख्दै छु ।

मानिस जन्मजात जानकार भएर आएको हुँदैन । हरेकले जन्मपछि नै सिक्ने हो । आफु ठूलो भएपछि, शिक्षित भएपछि अनि बुबाआमा भएपछि सानालाई सिकाउने हो र आफु पनि सिक्ने हो । मानिसको सिकाई कहिल्यै सकिदैन । जति कपाल पाक्तै गयो उती नयाँ कुरा सिक्ने मौका पाइन्छ । किनभने आफु केटाकेटी र युवक÷युवती हुँदासम्म त पढन र जागिर या उद्योगी बन्नमै समय जान्छ । आप्mनै जीवन सर्घषमा वित्छ । विस्तारै उमेरले उकालो चढेपछि र कोही आप्mनो साहार बनेपछि सिकाइका आयाम फैलिदै जान्छन् । विवाहपछि सन्तान हुन्छन् । आमाबाबुले सबैभन्दा धेरै सिक्ने भनेकै आप्mनै छोराछोरी, आप्mनै सन्तान या परिवारका सदस्यबाट हो । हरेक मानिसमा आप्mनै स्वभाव, विचार अनि समझ हुन्छ । संयुक्त परिवारमा त विभिन्न स्वाभावका सदस्य हुन्छन् । यसबाट धेरै कुरा सिकेर आप्mनो जीवनकालमा उपयोगमा ल्याउन सकिन्छ । यसरी नै समाज, पेशा, सत्सगं, आप्mनो पढाई अनि साथि र संगतबाट पनि विभिन्न कुरा सिक्न सकिन्छ । सिकेका सबैकुरा राम्रा पनि नहुन सक्छन् । यदि नराम्रा छन् भने आप्mनो विवेकको प्रयोगले राम्रो कुरालाई मात्र व्यवहारमा उतार्न सकिन्छ । यदि नराम्रो कुराको बानीले हाभी भइयो भने कुलतमा फसिन्छ । आजकल यस्तो संख्या वढेको छ । आफु सजग रहियो भने बच्न सकिन्छ, जसरी किचडमा कमल फुल्छ ।

 

बालबालिका बाबाआमासँग खेल्न, कथा सुन्न, घुम्न जान, केहि किन्न चाहन्छन् । खेल्दै खाना खान चाहने, खेल्दै रमाउदै पढन चाहने हुन्छन् । उनीहरु धेरै जिज्ञासु हुन्छन् । उनीहरुले बुबाआमा सबै कुराको जानकार हुन्छन् भन्ने बुझेका हुन्छन् । बाबाआमा भनेका सिनेमाको हिरो जस्तो सम्झेका हुन्छन् । उनीहरुका हरेक जिज्ञासाको उत्तर सोचेर, खोजेर, अरुलाई सोधेर या गुगलमा खोजेर पनि दिन कोसिस गर्नुपर्छ । यो पुस्तकमा लेखकले यही उपाय अपनाएको देखिन्छ । छोराले खोजेको उत्तर दिन नसक्दा छोराले धेरै पटक केहि नजान्ने बाबा भनेर भनेको दृष्टान्त राखिएको छ । यो एउटा बाबु या लेखकको लेखनप्रतिको इमान्दारिता हो । वास्तवमा लेखन भनेकै जे छ त्यसैलाई उर्तान सक्नु हो । परिवेश पात्र फरक हुन सक्छन् तर लेखन कार्य भने इमान्दार हुनुपर्छ ।

…………………………………………………………………………………………………………………………………………………………………………….

आजको जमना पहिलेजस्तो छैन् । सन्तान एउटा य दुई त्यो भन्दा धेरै कमै परिवारमा मात्र देख्न सकिन्छ । संयुक्त परिवार लगभग हराउँदै गएको देखिन्छ । त्यसमा पनि कमाउन भनेर कित श्रीमान विदेश या कतै हुन्छन् भने कति घरमा त श्रीमति विदेशमा । बाबु या आमासँग नानीहरु हुर्किन्छन् । समय संचार माध्यमको छ । सजधज धेरै गर्नुपर्ने जमाना छ । नानीलाई मोबाइल÷टिभी÷कम्प्युटरमा लामोसमय छाडिन्छ । उनीहरु त्यसैमा अभ्यस्त भइसकेका हुन्छन् । बाहिर खेल्न पठाइदैन । घरमै बस्ने र ग्याजेटमा रमाउने भएका कारण उनीहरुले त्यो पाएनन भने झगडा गर्छन, रुन्छन्, गृहकार्य गर्न मान्दैनन् । राम्रसँग खाना खान मान्दैनन् । आमाबाबु पनि छोरोछोरीलाई पढन लगाएर आफु मोबाइल या टिभीमा मस्त रहन चाहन्छन् । हतार हतार खाना खुवाएर काममा जानुपर्ने हुन्छ । गृहकार्य हतारमा गराउनु पर्ने हुन्छ । तर छोराछोरीले हतार गर्न चाहदैनन । उनीहरुको स्वभाव बेग्लै हुन्छ । यसलाई यसरी भनिएको छ, “टाक्स ओरिएन्टेड र फन ओरिएन्टेड” । बुबाआमा बच्चाले चाडो खाओस, चोडो चाडो पढोस अनि आफुले भनेको मानोस भन्ने हुन्छ । यसलाई “टास्क आरिएन्टेड” भनिन्छ भने केटाकेटी, खेल्दै खाने, खेल्दै पढने्, अमााबाबुसँग झुम्मिने, सक्नि, घुम्न जान, मनपरेको कुरा किनीमाग्न नपाए जिद्धी गरेरै पनि, झगडा गरेरै पनि किनि माग्ने स्वभावका हुन्छन् । यसलाई भनिन्छ “फन ओरिएन्टेड” ।

“स्कुल बेच्ने बालक” पुस्तकका लेखक न्यौपाने आफै सहित्यकार अनि सञ्चारकर्मी । पुस्तक लेख्न होस या पत्रपत्रिकामा लेख लेख्न होस या कतै सभा सम्मेलनमा बोल्न होस ज्ञान, अनुभव जानकारी हुनु आवश्यक हुन्छ । मानिस जति ज्ञान हासिल गर्छ त्यतिनै नम्र स्वभाव र कुनै पनि कुरालाई गहिरिएर अध्यायन र अनुभव गर्छ । यस्तै गरिएको छ यो पुस्तककमा । आप्mनो छोरो हार्दिकको बाल्यकाललाई जस्ताको तस्तै उतार्न सक्नु नै पुस्तकको ओझ हो । धेरैजसो बालबालिकाका आमाबुबाले आप्mना छोराछोरीको स्वभाव, व्यवहार, गल्ती कमजोरी लुकाउन चाहन्छन् । अरुले के भन्लान भन्ने कुराले सधै ससंकित हुन्छन् । गल्ती कमजोरीलाई मुद्धा बनाउन चाहदैनन । बरु उल्टै घरमा पिटने, दुरव्यवहार गर्ने, खान नदिएर दण्ड दिने, कोठामा थुनिदिने गर्छन । यसले गर्दा नानीहरु अरु उदण्ड स्वभावका हुनछन् । यस्ता बालबालिका धेरै विरामी हुन्छन् । उनीहरु चाँडै रिसाउने, उदण्ड स्वभावका हुँने दण्ड सजाय दिएमा मात्र पढने या काम गर्ने स्वभावका हुन्छन् । मैले आप्mनो चिकित्सकिय अनुभवमा पनि यस्तै बालबच्चको विभिन्न समस्या देखेको छु । यस्तो समस्यामा नानीको उपचारमा भन्दा बढी कारण पत्ता लगाएर आमाबुबालाई पनि सुझाव दिनुपर्ने हुन्छ । स्वभाव र रुची अनुसार व्यवहार गर्नुपर्ने हुन्छ, यसरी बालबच्चालाई हेन्डल गर्नुपर्छ भनेर बुझाउन समय खर्चिनुपर्छ । खासमा नानिहरु धेरै विरामी हुनुमा मुख्य कारण उनीहरुको स्वभाव, उनीहरको रुचि, नबुझेर हो । उदाहरण, बच्चा केहि कारणले डरायो भने ज्वरो आउन सक्छ, निद्रामा तर्सिन सक्छ । सधै डराएको जस्तो हाउभाउ देखिन्छ । बालबालिका फन ओरिएन्टेड हुन्छन् भने आमाबुबा या गारुजेन टाक्स आरिएन्टेड हुन्छन् । खेल्दै पढन चाहने, खान चाहनेलाई जबरजस्ती छिटो र डराएर काम गराउँदा झनै उग्र हुन्छन् । यो कुरा बुभ्mानु जरुरी छ ।

यस्तै बालबालिका बाबाआमासँग खेल्न, कथा सुन्न, घुम्न जान, केहि किन्न चाहन्छन् । खेल्दै खाना खान चाहने, खेल्दै रमाउदै पढन चाहने हुन्छन् । उनीहरु धेरै जिज्ञासु हुन्छन् । उनीहरुले बुबाआमा सबै कुराको जानकार हुन्छन् भन्ने बुझेका हुन्छन् । बाबाआमा भनेका सिनेमाको हिरो जस्तो सम्झेका हुन्छन् । उनीहरुका हरेक जिज्ञासाको उत्तर सोचेर, खोजेर, अरुलाई सोधेर या गुगलमा खोजेर पनि दिन कोसिस गर्नुपर्छ । यो पुस्तकमा लेखकले यही उपाय अपनाएको देखिन्छ । छोराले खोजेको उत्तर दिन नसक्दा छोराले धेरै पटक केहि नजान्ने बाबा भनेर भनेको दृष्टान्त राखिएको छ । यो एउटा बाबु या लेखकको लेखनप्रतिको इमान्दारिता हो । वास्तवमा लेखन भनेकै जे छ त्यसैलाई उर्तान सक्नु हो । परिवेश पात्र फरक हुन सक्छन् तर लेखन कार्य भने इमान्दार हुनुपर्छ ।

सामान्य बालक भन्दा अलिक फरक, जिज्ञासु अनि जिद्धि छन् हार्दिक । अहिले त ठूला भए सानामा जस्तो छैनन होला ? सानामा उनको जिद्धिपना यति माथि थियो कि उनले मागेपछि जसरी पनि जहाँ गएर पनि ल्याएर दिनै पर्ने । माछा भनेपछि भनेभने । बल भेपछि भनेभने, जाने भनेपछि जानेजाने । खाने भनेपछि खाने खाने । विधालय नजाने भनेपछि नजाने नजाने । कसैलाई पुस्तक या केहि उपहार उनले देखेको बेलामा दिइयो भने फिर्ता लिएरै छाड्ने । यस्ता कयौं घटनाले सामान्य आमाबुबालाई धेरै चोट पुग्न सक्छ तर लेखकको परिवारले विशेष गरेर लेखकले यस्ता अप्ठ्यारालाई सहजै पचाएर सामान्य सम्झिन सक्नु नै यस पुस्तकको बलियो पाटो लाग्छ । धेरै आमाबाबुले छोराछोरीका यस्ता बानी या व्यवहारलाई असामान्य भनेर जचाउँन ल्याएको पाएको छु । उसको जिद्धिपनले गर्दा खान खादैन, पढन खोज्दैन, रिसाउछ भनेर ल्याउछन् । कमजोर भए, दुब्लो भए, चिडचिडा भए, सधै रुइरहने भए जस्ता अनेक सम्स्या लिएर आउनेलाई “स्कुल बेच्ने बालक” पुस्तक पढन सल्लाह दिन थालेको छु आजकल । यो पुस्तक पढेपछि विशेष गरेर प्रिस्कुल या मन्टेश्वरी अवथा प्लेग्रुप अनि नर्सरी या १ कक्षा सम्म अध्यायन गर्ने नानीहरुलाई कसरी उनीहरुको भावना, स्वभाव बुभ्mने र सहजै पढनमा, खेल्नमा, खानमा, अरुसँग व्यवहार गर्ने भन्ने ज्ञान पाउन सकिन्छ । बच्चालाई उनीहरुले मागेका कुरा, बोलेका शव्द कुन सहि हुन कुन गलत हुन् भन्ने जस्ता कुरा उनीहरुलाई कसरी बुझाउन सकिन्छ भन्ने ज्ञान पनि पुस्तकबाट लिन सकिन्छ ।

महान बैज्ञानीक आइन्सटाइन भन्छन्, केटाकेटीलाई कथा सुनाउ, धेरै कथा सुनाउ, दिनै नयाँ नयाँ कथा सुनाउ । यसले बालबालिकामा कल्पना शक्ति वढाउँछ । उत्साह र जागर वढाउछ । केहि न केहि लेख्ने, नयाँ कुराको कल्पना गरेर सुनाउने बानीको विकास हुन्छ । केहि समय अगाडी आफुले एउटा लेख लेखेको थिएँ “बाल मनोविज्ञान कसरी बुभ्mने” विषयमा । पाठकले खुबै मनपराउनु भयो । सयौं कमेन्ट आए । ५ हजार पटक त अनलाइनमा शेयर भयो । खासमा त्यो लेखमा बाल मनोविज्ञान कस्तो हुन्छ र कसरी आप्mना बालबालिकालाई ज्ञानी, इमान्दार, पढनमा, खेल्नमा मन लगाउन सकिन्छ । कसरी उनीहरुको भावना र विचारलाई बुभ्mने ? आमाबुबाले या घरका सदस्य अनि विधालयमा कसरी उनीहरुलाई खुसी खुसी पढाउने, बच्चाले काम बिगार्यो भने कसरी सम्झाएर फेरिदेखि त्यही काम गर्दा नबिगार्ने भन्ने बारेमा थियो । त्यस्तै यो पुरुतकले सयौ यस्ता कयौं उदाहरणहरु दिएर सामाधान पनि खोजेको देखिन्छ ।

…………………………………………………………………………………………………………………………………………………………..

हर्दिकका केहि कुराहरु पढदा अच्चम लाग्छ । केटाकेटीले कसरी त्यस्ता कुरा जानेका हुन्छन् ? जस्तै स्कुल बेचिदिने । हार्दिकले स्कुल जान मन नलाग्दा स्कुलै बेचिदिने र अर्कै स्कुल खोल्ने कुरा गरेका छन् । जुन स्कुलमा उनी जान्थे आज स्कुल जान मुड छैन बरु बेचिदिउ । बेचेपछि स्कुलै जानु पर्दैन । यसरी नै भित्ते घडिको बेट्री निकालिदिउ । यसो गरो भने ८ बज्दैन अनि स्कुलको गाडी पनि आउदैन । यो हो बालबालिकाको चञ्चल पना । उनीहरुको कल्पना । उनीहरुमा आएको समस्याको सामाधान । म आफुले पनि दुई छोरा यस्तै स्वभावका हुर्काएँ । उनीहरु मेरो क्लिनिकमा आएपछि माथि जानै नमान्ने । विरामी हेरेर आउछु भन्यो, पर्दैन विरामी हेनु अहिल्यै जाउँ भन्ने । पसल जाउ भन्ने अनि देखेका सबै सामान किन्नु पर्ने । खेलौना जे देखे पनि किन्नु पर्ने । रिक्सा टेम्पु आए चढनै पर्ने । खाना खुवाउन अत्यन्तै कठिन । खाना चपाएर नखाने । खाना मुछेर खुवाएपछि हरेक गासमा चम्चाले पानी खुवाएपछि मात्र निल्ने, पढन बसायो कथा सुनाउन भन्ने, होमवर्क गर्न भनो अफैलाई लेख्न लगाउने, आफु नलेख्ने, टिभी अरुले मनपराएर हेर्न नहुने उनीहरुकै हेरिदनिु पर्ने । यस्ता अनेक स्वभाव नै बाल लिला हुन् । यस्ता लिला हरेक बालबालिकामा फरक हुनछन् । यसलाई हामीले झर्को मान्ने, अरुले थाहा पाए आप्mनो बेइजत हुने सोचेर सन्तानलाई यातना दिने गरिन्छ । जसका कारण उनीहरु विरामी भइरहन्छन् । विरामी भएर औषधि गर्न लग्यो औषधि नखाने र खाएपनि बान्ता गर्ने हुनछन् । खासमा बालकले डराएर यस्तो भएको हो । औषधि पनि जबरजस्ती खुवाएका कारण बान्ता भएको हो । उनीहरुलाई बाबुलाई यो औषधि खाएपछि घुमाउन लग्छु । केहि किनिदिन्छु, कथा भन्छु,, लुकीलुकी खेलौंला, बाबुलाई मनपर्ने खानेकुरा बनाउला भन्यो र खुसी बनायो भने औषधि बान्ता गर्दैनन ।

अर्को कुरा साना नानीबाबुले होमवर्क गर्न सहजै मान्दैनन । उनीहरुलाई माथि भनिएकै उपाय अपनाउँन सके मान्छन् । जस्तै म पनि पढछु नानी पनि पढ है भनेर सगै बस्नुपर्छ । उसलाई लागोस कि मैले भनेको हामीले मानेका छौं । उसलाई लागोस कि यो सकेर म खेल्न, मोबइल या टिभी हेर्न, कथा सुन्न पाउँछु । नानीबाबुहरु आमाबुबा या परिवारका अन्य सदस्यबाट नडराउन । डराएर गरेको काम, डराएर खुवाएको खाना या डराएर सुत्न बाध्य परिएमा राती डराएर उठने, तर्सिने, डराउँना सपना देख्ने गर्छन । उनीहरु सन्तुष्ट हुँदैनन परिवारका सदस्य या बाबआमाबाट । बरु नराम्रो व्यवहारमा उत्रिन्छन् । आफुले क्लिनिकमा धेरै बालबच्चा विरामी भएर ल्याएको अवस्थामा नरमाइलो महसुस गरेको छु । आमाबुबाले नियन्त्रणमा राखेको, हप्काएको, पिटेको, मागेको सानो कुरा पनि नकिनिदिएको । त्यसैले गर्दा धेरै रोएर, खाना नखाएर विरामी भएको देख्छु र उनीहरु कारण सुनाउछन पनि । साना नानीबाबुहरुका ठूला माग हुँदैनन । मागेका कुरा आज दिने भोली नदिने है भनेर हरेक दिन सम्झएर दिएमा माग्न छाडछन् । यो सामान योग्य छैन भनेर सम्झाएर दियो भने अर्को दिन पनि सम्झाएर अब नखानु, नमाग्नु भन्यो भने विस्तारै जिद्धिपना पनि घटेर जान्छ भन्ने उदाहरण पनि दिन्छ “स्कुल बेच्ने बालक”ले ।

महान बैज्ञानीक आइन्सटाइन भन्छन्, केटाकेटीलाई कथा सुनाउ, धेरै कथा सुनाउ, दिनै नयाँ नयाँ कथा सुनाउ । यसले बालबालिकामा कल्पना शक्ति वढाउँछ । उत्साह र जागर वढाउछ । केहि न केहि लेख्ने, नयाँ कुराको कल्पना गरेर सुनाउने बानीको विकास हुन्छ । केहि समय अगाडी आफुले एउटा लेख लेखेको थिएँ “बाल मनोविज्ञान कसरी बुभ्mने” विषयमा । पाठकले खुबै मनपराउनु भयो । सयौं कमेन्ट आए । ५ हजार पटक त अनलाइनमा शेयर भयो । खासमा त्यो लेखमा बाल मनोविज्ञान कस्तो हुन्छ र कसरी आप्mना बालबालिकालाई ज्ञानी, इमान्दार, पढनमा, खेल्नमा मन लगाउन सकिन्छ । कसरी उनीहरुको भावना र विचारलाई बुभ्mने ? आमाबुबाले या घरका सदस्य अनि विधालयमा कसरी उनीहरुलाई खुसी खुसी पढाउने, बच्चाले काम बिगार्यो भने कसरी सम्झाएर फेरिदेखि त्यही काम गर्दा नबिगार्ने भन्ने बारेमा थियो । त्यस्तै यो पुरुतकले सयौ यस्ता कयौं उदाहरणहरु दिएर सामाधान पनि खोजेको देखिन्छ ।

अन्त्यमा, “स्कुल बेच्ने बालक” नामको पुस्तक पठनीय र मननिय छ । यसमा प्रयोग भएका शव्द, सानो नानीले आजको समयमा आधुनिक पाठ्य सामाग्रीबाट सिकेका ज्ञानका कुराहरुले हामी ठूलालाई पनि धेरैकुरा सिकाएको छ । आप्mना बालबालिकालाई कसरी पढाउने, कसरी ज्ञानी बनाउने, कसरी उनीहरुको हठीपन र चुकचुके स्वभावलाई सम्झिने अनि कसरी ठूला मानिससँग कुरा गर्न र झुम्मिन सिकाउने भन्ने जस्ता जानकारीले भरिएको यो पुस्तक पढन सुझाउछु र यो पुस्तकमा प्रयोग भएका शव्दमा सुधार गर्न पनि लेखकलाई सुझाउछु जस्तै, मरेको लासलाई नकुहिने गरेर राखिन्छ र त्यलाई ममी भनिन्छ । ममी आमाका ठाउँमा सम्बेधन गरिएको छ । बाबुलाई ममी भन्नुको ठाउँमा आमा या मामु भनेका भए राम्रो हुने थियो । मेडमको पनि वास्तविक अर्थ अर्कै हुन्छ । अबको सस्करणमा सञ्च्याउन अनुरोध गर्छु । लेखक र उनका छोरा जो यो पुस्तकका मुख्य पात्र हुन दुबैलाई बधाई दिदै आउने दिनमा अरु पठनीय कृतिको शुभकामना सहित बिट मार्छु ।

      (लेखक , होमियो चिकित्सक हुन् । )

 

Leave a Reply

Your email address will not be published.