गुरुङ्गले फलाए साढे १६ केजी तौलको सिमल तरुल

कमल,१८ पुस । झापाको कमल गाउँपालिका वडा नं. २ समयगढ निवासी कर्णबहादुर गुरुङ्गले १६ किलो ५ सय ग्राम तौलको सिमल तरुल फलाएका छन् ।आफनो खेतमा फलाएको सिमल तरुल साढे आठ फुट लम्बाई रहेको छ । गाउँका अगुवा किसान गुरुङ्गले ठुलो तरुल फलाएको जानकारी पाएपछि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उनकै घर पुगेर प्रोत्साहित गरेका छन् । अध्यक्ष राईले उनलाई प्रोत्साहन बापत २ हजार ५ सय रुपैया प्रदान गरि पुरस्कृत गरेका छन् । सिमल तरुलको ब्यवसायीक खेती गर्नका लागि प्रोत्साहन स्वरुप आफुले पुरस्कृत गरेको पनि उनले जनाए ।
सामान्यतया सिमल तरुल आधा केजीदेखि १ केजीसम्मको त उत्पादन हुदै आएको भएपनि १६ केजीको एउटै सिमल तरुलको जरा फलेपछि सामाजिक सञ्जालमा मेहनेती किसान गुरुङको चर्चा बाक्लिएको छ ।

Leave a Reply

Your email address will not be published.