दमक,१९ पुस । रेडिमेट कपडा व्यावसायी संघ दमकको नयाँ नेतृत्व चयन भएको छ । दमक उद्योग वाणिज्य संघको सभाहलमा आज सम्पन्न संघको तेस्रो साधारणसभाले गोबिन्द सेनेहाङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
१५ सदस्यीय सर्बसम्मत निर्वाचित समितिको उपाध्यक्षमा गायत्री प्रसाद पौडेल ,सचिवमा शिव अधिकारी ,सहसचिवमा सडानन्द घिमिरे र कोषाध्यक्षमा मेनुका तिम्सिना चुनिएका छन् । यसैगरि, सदस्यहरुमा संगम राई, अजेन तुम्वापो, सेखर खड्का ,प्रविण राई (मजुम ) ,राजेन्द्र सिंजाली,चन्द्रप्रसाद काफ्ले, विपीन दुलाल, गंगा अधिकारी बजगाई,पवन साह र योगेश गुरागाई चुनिएका छन् ।
वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुखआतिथ्यतामा सम्पन्न साधारणसभामा सहभागिहरुले रेडिमेड कपडा व्यवसायीहरुवीच पेशागत हकहितका लागि संगठित हुनुपर्ने औल्याएका थिए ।
रेडिमेड कपडा व्यवसायी संघका निबर्तमान अध्यक्ष गोपाल गुरागाईको अध्यक्षतामा भएको साधारणसभामा संघमा आवद्ध व्यवसायीहरुको उपस्थिति रहेको थियो । दमक उद्योग वाणिज्य संघ अन्तर्गतको विभिन्न बस्तुगत संघ मध्ये सवैभन्दा धेरै संगठित भएको रेडिमेड कपडा व्यवसायी भएको बताईएको छ ।