दमक, १९ पुस । झापा,दमकमा किसानहरूको मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप देखिन थालेकोछ । मकैमा यस प्रकारको समस्या देखिएपछि किसानहरूले नगरपालिकाको कृषि शाखामा मकैको बोट नै लिएर आउने गरेको दमक नगरपालिका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले बताए ।
‘किसानहरूको मकैमा फाट्टफुट्ट देखिएको र यो घातक बन्न सक्ने भएकाले आवश्यक सचेतना अपनाउने काम सुरु भएको पनि बताइएको छ । हामी किसानलाई रोकथामको उपाय सिकाउने र यसबाट क्षति कम गर्न आवश्यक तयारीका साथ काम गरिरहेका छौँ ’ भट्टराईले भनिन् ।
उनका अनुसार पुतली वर्गको रात्रीचर कीरा हो र यस कीराको लार्भाले बालीमा कोतरेर खाएर नोक्सानी पु¥याउँछ । मुख्यतया, मकै बाली मन पराउने यस कीराले मकै नपाएमा जुनेलो, धान, गहुँ, कोदो, उखु, घाँसे बालीहरू, काउली वर्गका तरकारी बालीहरू, तेल बालीहरू, काँक्रो लगायतका लहरे तरकारी, बदाम, भटमास, प्याज, कपास, गोलभेँडा, आलु बालीहरूमा समेत क्षति र्पुयाउन सक्ने भट्टराईले जनाईन् ।
यो कीराले एकैचोटी आक्रामक तवरले छिट्टै ठूलो क्षेत्रमा फैलिएर ठूलो क्षति गर्न सक्ने भएकाले तत्कालै यसको नियन्त्रण गर्नका लागि आफूहरूले किसानलाई आवश्यक विषादी लगायत परामर्श दिने गरेको पनि भट्टराईको भनाई छ । उपयुक्त आहाराको खोजीमा यो कीराको वयस्क पुतली अण्डा पार्नु अगाडि ५ सय किलोमिटर टाढासम्म उडेर जान सक्छ ।
मकैको पात, गुभो, धानचमरा, जुँगा, घोगा तथा डाँठमा समेत यो कीराको लार्भाले क्षति पु¥याउँछ । फूलबाट निस्कने बित्तिकै सानो लार्भाहरूले पातको बाहिरी सतहमा हरियो भाग कोत्रेर खान्छ, जसले गर्दा पातमा झिल्लीदार झ्याल जस्तो आकृतिहरू देखिन्छ । त्यसपछि यी लार्भाहरू आफैँले बनाएको रेसाहरू र हावाको मद्दतले अन्य बोटहरूमा फैलिने गरेको कृषि प्राविधिक भट्टराईले बताईन् ।
कलिलो अवस्थाको मकैको गुवोभित्र प्वाल पारी पस्दै खान थाल्छन् र बिरुवा बढ्दै जाँदा पातमा लहरै स–साना प्वालहरू परेको देख्न सकिन्छ । कीराको आक्रमण भएको ठाउँमा काठको धुलो जस्तो विष्टा पनि प्रशस्त मात्रामा देखिन्छ । यस कीराबाट अत्यधिक आक्रमण भएको अवस्थामा मकैमा असिनाबाट भएको क्षति जस्तै पातहरू छियाछिया भएको देखिने कृषि प्राविधिकहरूको भनाइ छ ।
बिरुवा हुर्कँदै जाँदा मकैको धान चमरा, जुँगा र घोगामा समेत पसेर यसले नोक्सान गर्न सक्छ । नयाँ तथा खतरनाक कीरा भएकाले कीराको आक्रमण भएको शङ्का लागेमा तुरुन्त खबर गरेमा नियन्त्रणका लागि कोसिस हुने र अन्यथा यसले धेरै क्षति र्पुयाउन सक्ने भएकाले सचेत हुन भट्टराईको आग्रह पनि छ ।