रेडिमेड कपडा व्यवसायीमा पुनः सेनेहाङ

दमक,१८पुस । दमक रेडिमेड कपडा व्यवसायी संघको अध्यक्षमा पुनः गोविन सेनेहाङ चुनिएका छन् । बुधबार सम्पन्न पाँचौ साधारणसभाले युवा ब्यवसायी सेनेहाङको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा शेखर खड्का,सचिवमा योगेश गुरागाई ,सहसचिवमा संगम राई र कोषाध्यक्षमा केवल श्रेष्ठ चुनिएका छन् । यसैगरि, सदस्यहरुमा प्रेम गिरी, रेविका थापा मगर, प्रविण राई, विजय खतिवडा र योगेन्द्र भण्डारी चुनिएका छन् ।

रेडिमेड कपडा व्यवसायीहरुको छाता संस्था मानिने यस संघ दमक उद्योग वाणिज्य संघको बस्तुगत संगठन हो । दमकमा करिव ३ सयका हाराहारीमा रेडिमेड कपडा व्यवसायीहरु रहेको अनुमान छ । संघले निकट भविष्यमा रेडिमेड कपडा व्यवसायीहरुलाई संगठित गरि पेशागत हितका पक्षमा विभिन्न सामाजिक गतिविधिहरु अघि बढाईने नवनिर्वाचित अध्यक्ष सेनेहाङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.