धरमपुर, १७ पुस । झापा ,शिवसताक्षी वडा नं १ स्थित धरमपुर चोकमा इतिहासविद् इमानसिह चेम्जोङको सालिक अनावरण गरिएको छ ।इतिहासविद् स्व. चेम्जोङको १२१औं जन्म जयन्तीको अवसरमा सोमबार नवनिर्मित शालिकको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्राले ( रोशन )अनावरण गरे।
अनावरणका क्रममा नगरप्रमुख थोप्राले इतिहासकार स्व.इमानसिंह चेम्जोङले आफ्नो समुदाय तथा राष्ट्रलाई र्पुयाएको योगदानलगायतका विषयमा चर्चा गरेका थिए ।सालिक निर्माण र सालिका निर्माण स्थलको संरचनामा १५ लाख ६० हजार ९सय ६६ रुपैयाँ खर्च भएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङ्गले जानकारी दिए । शालिक निर्माणका लागि समितिले विभिन्न सहयोगी दाताहरुबाट रु २१ लाख ५२ हजार २ सय ५६ रुपैया संकलन गरेको थियो । जसमा शिवसताक्षी नगरपालिकाले विजुली बत्ती जडानका लागि ४० हजार सहयोग गरेको उल्लेख छ ।
हाल शालिक निर्माणका लागि खर्च भएर बचत ६ लाख ३१ हजार २सय ९० रुपैयाँ बचत रहेको संयोजक चेम्जोङले बताए ।
सालिक निर्माणका लागि प्राप्त रकमका आधारमा सहयोगी दाताहरूको शिला लेखन र दाताहरूलाई सम्मान पत्र र दोसल्लाले सम्मानित समेत गरिएको थियो। दातादाताहरूबाट प्राप्त रकमको नामावली सहित खर्चको सम्पूर्ण विवरण समेटेर पुस्तिका नै प्रकाशन गरिएको संयोजक चेम्जोङले बताए ।
स्व.चेम्जोङ किराँत भाषाका इतिहासकार हुन् । इतिहासकार चेम्जोङको जन्मजयन्तीको अवसरमा पूर्वी पहाडी जिल्ला पाँचथरसँगै ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, झापा साथै उपत्यकाका विभिन्न ठाउँमा विविध कार्यक्रमको आयोजना गरी मनाइँन्छ ।सरकारले उनको तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गर्नुका साथैं शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित कक्षा १० को नेपाली किताबमा इमानसिंह चेम्जोङको जीवनी समेत समावेश गरिएको छ ।