दमकमा बेवारिसे अवस्थामा ५८ वटा गोली फेला

दमक,१६ मंसीर । दमकमा बेवारिसे अवस्थामा गोली फेला परेको छ । दमक नगरपालिका–७ स्थित पशुहाट बजार क्षेत्रमा सोमबार सेतो प्लास्टिकको पोकाभित्र गोली देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कुल ५८ राउण्ड गोली बरामद गरेको जनाएको छ ।
यी गोलीहरू जेनजी आन्दोलनको समयमा लुटिएको प्रहरीको भनाइ छ । बरामद गरिएका ५८ राउण्ड गोली आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.