इनरुवा ,१४ मंसीर। सवारी दुर्घटनामा परेर सुनसरीको सदरमुकाम इनरुवा–२ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–१० जलपापुरका ३९ वर्षीय हारुन अन्सारी रहेका छन् ।
इनरुवादेखि बविया जाने क्रममा को७प ४९०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो । अन्सारी हेलमेट नलगाइ मोटरसाइकल चलाएर इनरुवादेखि बबियातर्फ गइरहेका बेलामा मगर टोलस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।