दम्पत्ती सवार मोटरसाइकल दुर्घटना, पत्नीको मृत्यु

मोरङ, २६ कार्तिक । भारतीय मालवाहक सवारी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृत्यु हुनेमा सर्लाही जिल्लाको हरिपुर नगरपालिका घर भएकी ४५ वर्षीया रोहिता कोइराला अधिकारी रहेकी छन् ।

विराटनगरको बरगाछी चोकमा मंगलबार साँझ श्रीमान् विमल कोइरालाले चलाइरहेको मोटरसाइकलाई मालवाहक सवारीले ठक्करपछि रोहिताको घटनास्थलमै मृत्यु भएको स्थानीयले दाबी गरेका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटना निकै दर्दनाक थियो ।
मोटरसाइकल चालक मृतकका श्रीमान् भने सकुशल रहेका छन्। अधिकारीको शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.