मोटरसाइकल जुध्दा कन्काईमा एकजनाको मृत्यु

दमक, २५ कार्तिक । दुईवटा मोटरसाइकल एकापसमा जुध्दा झापाको कन्काई नगरपालिकामा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कन्काई -३ बस्ने ३३ वर्षीय दिपक सिटौला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार गएराति ९ः१० बजे कन्काई नगरपालिका– ३ नयाँ बस्तीस्थित भित्री सडकखण्डमा सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्र.१–०२–०५८प५०६३ न.को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–०१५प४२१०न.को मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । दुर्घटनामा ५०६३ न.को मोटरसाइकल चालक गंभीर घाइते भएका थिए । टाउकोमा चोट लागेर घाइते सिटौलालाई बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा बाटैमा मृत्यु भइसकेको थियो ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको कमाण्डमा प्रहरी टोली खटिएर दुबै मोटरसाइकल .र ४२१०न.को मोटरसाइकल चालक कन्काई ६बस्ने २३ वर्षीय नितेश बस्नेत र सोही मोटरसाइकलमा पछाडी सवार बाह्रदशी ७ सुन्दर टोल बस्ने २१ वर्षीय उत्सव बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.