आज फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मनाईंदै

झापा,२५ कार्तिक । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाईंदैछ । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एव्म समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनकका अनुनायीहरुले विभिन्न कार्यक्रम गरि मनाउदै आएका छन् ।
किराँत समाज सुधारमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गर्दै सरकारले २०६६ साल मङ्सिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । काठमाण्डौमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घले जनाएको छ ।

१९४२ साल कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो । फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा आज कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published.