अफगानिस्तानमा तालिवानलाई सत्ता हस्तान्तरणको तयारी

काठमाण्डौ, १ भदौ । अफगानिस्तानमा कब्जा जमाएको तालिबानी विद्रोहीलाई शान्तिपूर्ण सत्ता हस्तान्तरणको तयारी गरिएको छ

शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि गठन गरिएको समन्वयात्मक परिषद्का सदस्यहरु तालिवानका नेतासँग भेट गर्न कतारको दोहा जाने भएका छन्।

परिषद्का सदस्य रहेका इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यार आज दोहा जान लागेको अलजजीराले उल्लेख गरेको छ। राष्ट्रपति अशरफ घानी मुलुक छोडेर भागेपछि पूर्व राष्ट्रपति हमिद कारजाइको अगुवाईमा तालिबानी नेतालाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न लागिएको हो।

आइतबार तालिबानी विद्रोही काबुललाई घेरा हाल्न पुगेपछि शान्तिपूर्ण सत्ता हस्तान्तरण गरिने बताएका घानी विमानस्थलबाट काबुल छोडेर भागेका थिए।

उनले आफू भागेपछि रक्तपातपूर्ण अवस्था नआओस् भन्नका लागि यस्तो कदम चालिएको बताएका थिए। घानी भागेसँगै रुसी दूतावासले उनी चार वटा कार र एउटा हेलिकोप्टरमा पैसा लोड गरेर भागेको बताएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published.