
उर्लावारी,३० साउन । यहाँस्थित सञ्चार क्लव नेपालको अध्यक्षमा नवराज भट्टराई चुनिएका छन् । शुक्रवार सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा ११ औं चुनावी सभा कार्यक्रमबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले आफना प्रतिष्पर्धी हरि कोइरालालाई पराजित गरेका थिए । निर्वाचनबाट क्लवकमे उपाध्यक्षमा कुमार खड्का, महासचिवमा विजय धिमाल, सचिवमा ज्योती चौहान र कोषाध्यक्षका पुजन दास निर्वाचित भए । यसैगरि सदस्यहरुमा संगिता राई, सनम रोक्का, ईस्वर दुलाल र अनिल चौहान चुनिएका छन् । यस्तै तिलक नेपालीको संयोजकत्वमा खड्ग वेदना र विबेक न्यौपाने रहेको तीन सदस्यीय लेखा समिति समेत चयन गरिएको गठित निर्वाचन समितिका सदस्य रुपेन्द्र शेर्माले जानकारी दिए ।
५६ जना सदस्य रहेको उक्त सञ्चार संस्थामा नेतृत्वका लागि सहमति नजुटेपछि निर्वाचन भएको थियो ।