खोलाले बगाएर वृद्धको मृत्यु

दमक,४ साउन । झापाको कमल गाउँपालिका २ मा रहेको कमल खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- १ बस्ने ८० वर्षीय प्रभाखर पोखरेल रहेका छन् ।
आइतवार दिउँसो अन्दाजी १ बजे कमल खोलाको पुलमुनि खरेलको शव पानीले बगाएर ल्याएको थियो । स्थानीयले खबर गरेपश्चात् पुगेको प्रहरी टोलीले अनुसन्धान तथा कानुनी प्रकृया पूरा गरी शव पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको छ ।

Leave a Reply

Your email address will not be published.