नेरेसो लखनपुरले बनायो विभिन्न उपसमिति

दमक,३साउन । झापाको कमल गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले विभिन्न उपसमिति गठन गरेको छ । शुक्रबार उपशाखाको नियमित मासिक बैठकले विभिन्न आठवटा उपसमितिहरू गठन गरेको हो। रेडक्रसको कार्यसम्पादनलाई थप सहज बनाउन उपसमितिहरु गठन गरिएको सचिव पारसमणि राईले जानकारी दिए।
जसअनुसार ल्याब सञ्चालन उपसमितिको संयोजकमा उपशाखा सभापति चन्द्र शाह ,महिला तथा समावेशी उपसमिति संयोजकमा उपसभापति नरमाया तामाङ, विपद व्यवस्थापन उपसमिति संयोजकमा सचिव पारसमणि राईलाई जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी कोषाध्यक्ष प्रमोदकुमार दाहालको संयोजकत्वमा आर्थिक उपसमिति, चन्द्र शाहको संयोजकत्वमा एम्बुलेन्स सञ्चालन उपसमिति,सदस्य सन्तोष राईको संयोजकत्वमा स्वास्थ्य उपसमिति, सदस्य एकराज प्याकुरेलको संयोजकत्वमा जुरेस, युरेस सञ्चालन उपसमिति तथा उपसचिव बिष्णु सुब्बाको संयोजकमा सञ्चार उपसमिति गठन गरिएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published.