श्रमको मूल्याकंन हुन नसकेको महिला स्वास्थ्य स्वयम् सेवीकाहरुको गुनासो


उर्लावारी, २३ असार । सरकारले थप सेवा सुविधा उपलब्ध गराउने भनिए पनि ब्यवहारमा लागु नभएको महिला स्वास्थ्य स्वयम् सेवीकाहरुले गुनासो गरेकाछन् । सरकारले आर्थिक वर्ष २०७८- ७९को बजेट भाषण अन्तर्गत पाउदै गरेको भत्तामा शतप्रतिशत बढाएर १२ हजार पु¥याएको दावी गरेता पनि आफुहरुले नपाएको महिला स्वास्थ्य स्वयम् सेवीकाहरुले गुनासो गरेका हुन् ।

लामोसमयदेखि आफुले सेवा प्रदान गर्दै आएको मोरङको रतुवामाई नगरपालिका -८ की महिला स्वास्थ्य स्वयम् सेवीका मीरा कट्टेलले बताइन् । एउटी गर्भवती महिलालाई नियमीत चेक जाँच गराई सुत्केरी गराए बापत ५० रुपैया भत्ता सरकारले तोकेको भएपनि महिला स्वास्थ्य स्वयंम सेविकाहरु खटाईको मुल्यांकन सन्तोषजनक रुपमा हुन नसकि रहेको समयमा सरकारले उल्टै शतप्रतिशत भत्ता बढाएको भ्रम सिर्जना गरेको कट्टेलले गुनासो गर्नुभयो ।
यसरीनै सोही नगरपालिका ९ की अर्की स्वास्थ्य स्वयंम सेविका सरस्वती बरालका अनुसार वार्ड भरिका विवाहित नारीहरुलाई गर्भधारणमा उचित सरसल्लाह दिदै आवश्यक परामस, अस्थाई साधन, औषधीलगायतका विषयमा स्वास्थ्य परामर्श दिदैआएको भएपनि आफुहरुको अझै उचित मुल्याकंन हुन नसकेको गुनासो गरिन । ग्रामिण क्षेत्रका स्वयम् सेवीकाहरुलाई अहिले पनि गाउँ गाउँसम्म पुगेर परामर्शन दिन सवारी साधनको समेत उत्तिकै समस्या रहेको रतुवामाई १० की अर्की स्वयंम सेविका पीला भण्डारीले गुनासो गरिन । स्वास्थ्य स्वयंमसेविकाहरुले अहिले पनि आफनो नीजि खर्चमा स्वायंमसेवक बनेर कामगर्नुपर्दा निकै समस्या हुने गरेको गुनासो गरिन ।

उनले सरकाले दिने भनेको भत्ता बाषतको रकमपनि समयमा नआउने र आएको रकमपनि न्युनमात्रामा आउदा आर्थिक रुपमा समेत कठिन हुनेगरेको गुनासो गरिन । उनले स्वास्थ्य स्वयंमसेविकाहरुलाई साईकल सम्मको सवारी साधन उपलब्ध गराईदिए आफुहरुलाई निकै राहत मिल्ने बताईन ।
महिला स्वास्थ्य स्वयम् सेवीकाहरुको कामको मुल्याकंन गर्दै प्रोत्साहन स्वरुप नगरका १० वटै वडाका स्वयम्सेवीकाहरुलाई जनही २ हजार रुपैया“ प्रदान गर्दै आएको रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले जानकारी दिए । प्रमख राईका अनुसार ठुलो र कठिन भूगोल २ खोलाहरुको चपेटा, कच्चिसडक र कम आयआर्जन जस्ता कारणले पनि स्वयंमसेविकाहरुको सेवा सुविधा थप्ने मन हुदाहुदैपनि बढाउन नसकी रहेको बताए । महिला स्वास्थ्य स्वयम् सेवीकाहरुले लामो समय देखि विशेष गरि महिला बालबालिका र खोप जस्ता कार्यमा नियमित सेवा गर्दै आएका भएपनि आफना समस्याहरु प्रति अझै कसैको पनि चासो जाननसेको उनिहरुले गुनासो गर्दै आईरहेका छन ।

Leave a Reply

Your email address will not be published.