पथरीशनिश्चरेको प्रमुख र उपप्रमुख दुवै एमाले विजयी

पथरीशनिश्चरे, ७ जेठ । मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै नेकपा एमाले विजयी भएको छ । नगरको अन्तिम मतपरिणाम अनुसार नगर प्रमुख पदमा मोहन तुम्वापो र उपप्रमुखमा देवीमाया काफ्ले निर्वाचित भएकी छन् ।
तुम्वापोले १२ हजार ९५६ मत र उपप्रमुखकी उम्मेदवार काफ्लेले ११ हजार ७४७ मत प्राप्त गरि विजयी भएकी हुन् ।
उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार नगेन्द्र सुब्बाले ११हजार १४६ मत प्राप्त गरेका थिए ।
यसैगरी, उपप्रमुख पदमा नेपाल कम्यूनिष्ट पार्टी एमालेकी उम्मेदवार देवी माया काफ्लेले ११ हजार ७४७ मत प्राप्त गरेकीछिन् भने उनको निकटतम प्रतिनिधि काँग्रेसकी कविता पराजुलीले ११ हजार ३९० मत प्राप्त गरेकीछिन् । उनले पराजुलीलाई ३५७ मतान्तरले विजय हासिल गरेकी हुन् ।
नवनिर्वाचित मेयर मोहन तुम्वापो यस अघिको २०४९ को चुनावमा वडा नं ५ को वडाध्यक्ष र २०५४ सालमा सम्पन्न चुनावमा त्तत्कालीन पथरी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको पछिल्लो मतपरिणाम सार्वजनिक अनुसार वडा नं १ मा एमालेका उम्मेदवार भीम राई सहित प्यानलै अन्य वडा सदस्यहरू विजयी भएका छन् भने वडा नं २ मा पनि एमालेले वडा अध्यक्ष नैना सिंह साम्पाङ्ग राईसहित प्यानलका निर्वाचित भएका हुन् ।
त्यस्तै, त्यस्तै, वडा नं ३ मा विजय लिम्बू (कांग्रेस ) र वडा नं ४ का लोककिरण न्यौपाने ( कांग्रेस ) , ५ मा चेतेन्द्र खड्का (कांग्रेस ) ,वडा नं ६ मा नेपाली काँग्रेसका तर्फबाट कृष्ण कुमार बस्नेत ,
वडा नं.७ एमालेका उद्धब बस्नेत र वार्ड न. ८ नेकपा एमालेका नवीन कार्की वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.