कमल ५ को अध्यक्षमा माओवादीका विष्ट विजयी

पालिका अध्यक्षमा कांग्रेसको अग्रता कायमै
दमक,७ जेठ । झापाको कमल गाउँपालिका वडा न. ५ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लालबहादुर विष्ट विजयी भएका छन् । नेपाली कांग्रेस,जसपा, लिम्बूवान, नेकपा एससहितको गठबन्धनबाट उम्मेदवार बनेका विष्टले आफना प्रतिद्धन्दी नेकपा एमालेका खगेन्द्र तिवारीलाई १२५ मतान्तरले हराउदै वडाध्यक्ष जितेका हुन् ।
४४८६ मत खसेको सो वडामा विजयी विष्टले १५९२ मत प्राप्त गरे भने तिवारीले १४६७ मत ल्याएका थिए । शनिवार विहान वडाको सार्वजनिक गरिएको मतपरिणाम अनुसार विष्टबाहेक अन्य वडा सदस्यहरु भने एमालेका उम्मेदवार महिला सदस्यमा चन्द्रकला सुब्बाले १६२५, दलित महिला सदस्य भूमिका मराले १५६३, खुला पुरुष सदस्यमा ओम प्रधान ( १५१४ ),चुरुङहाङ लावतीले १४९८ मत प्राप्त गरि वडा सदस्यमा निर्वाचित भएका छन ।

यसअघि कमल ४ को वडाध्यक्षमा एमालेका उम्मेदवार चन्द्रप्रसाद भटटराई विजयी भएका छन् । कमल ७ वडा मध्ये हालसम्म गठबन्धनबाट कमल १ मा कांग्रेसका केदार कटुवाल , २ मा नेकपा एसका अशोक लिम्बू र ५ मा माओवादीका विष्टले जिते भने एमालेबाट कमल ३ मा अग्नी कोइराला,वडा न. ४ मा चन्द्रप्रसाद भटटराई विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले कमलका बाकी रहेका ६ र ७ वडाको मतगणना कार्य भईरहेको जनाएको छ । गणनाको शुरुवातीदेखि अध्यक्षमा कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले अग्रता बढाउदै लगेका छन् । ५ गणना सकिदाँ उनले २१ सयको हाराहारीमा अग्रता बढाएको वुझिएको छ । कमल ५ उनको वडा रहेको त्यहाँ प्रतिद्धन्दी भन्दा दोव्वर मत पाएका छन् । ८२७५ बरावरी मत ल्याएपछि गोलाप्रथाबाट बाहिरएका थिए । अघिल्लो निर्वाचनमा प्राविधिक रुपमा पराजय व्यहोरेका उनलाई यसपटक भने कमलबासी उल्लेखीय सहानूभूतिसंगै दलीय गठबन्धन निर्माण भएका कारण पनि विजय लगभग शुनिश्चत भईसकेको छ । अब गणना भइरहेको वडामा समेत गठबन्धनका अध्यक्ष राईलाई उल्लेखीय मत प्राप्त भईरहेको बुझिएको छ । ३७ हजार ९ सय ५० मतदाता मध्ये निर्वाचनमा भने २६ हजार २ सय ४२ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.