
दमक,५ जेठ । झापाको कमल गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट काङ्ग्रेस उम्मेदवार हुकुम सिंह राईले शुरूवात देखिको अग्रतालाई कायम राखेका छ्न् ।
आज साझ करिब ७ बजे सार्वजनिक भएको मत परिणाम अनुसार एमालेका भिम राईलाई १४३० मतले पछि पारेका हुन । उनले ६३२८ मत ल्याएर अग्रता ल्याएका हुन । उनलाई भिमले ४,८२८ मत ल्याएर पछ्याउदैछ्न । हाल गणना भैइरहेका वार्ड नम्बर ४ र ५ को करिब ३५ प्रतिशत मत गणना भएको जनाइएको छ । ती वडामा समेत कांग्रेस उम्मेदवार राईले आफनो अग्रता झनै बढाउदै लगेका छन् ।
गणना भैइसकेका वार्ड नम्बर १ मा काङ्ग्रेसका केदार कटुवाल, २ मा एकीकृत समाजवादीका अशोक लिम्बू , वडा न. ३ मा एमालेका उम्मेदवार अग्नी कोइराला विजयी भएका छन् । ७ वटा वडा रहेको कमलको साविक लखनपुर खण्डको वडाहरु ५ मा गणना शुरु भयो भने त्यस लगत्तै ६ र ७ वडाको गणना थाल्ने पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयका प्रमुख प्रकाश गौतमले बताए ।