रतुवामाई ९ को मकैबारीमा महिलाको शव फेला

उर्लावारी,२० बैशाख। मोरङको रतुवामाईमा एक जना महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार आइतबार बिहान रतुवामाई–६ स्थित सिंहगिरी भन्ने स्थानको मकैघारीमा ती महिलाको शव फेला परेको हो ।
अन्दाजी ३० वर्षीया कालो वर्णकी महिलाको पहिचान खुलेको छैन । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको आशङ्का गरिएको छ ।सडकबाट केही भित्र रहेको रामप्रसाद भण्डारीको मकैबारीमा शव फेला परेको हो । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्याको आशङ्का गरिएको प्रहरी स्रोतको दाबी छ ।

घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोली खटिएको प्रहरी उपरीक्षक खड्काले बताए । उनका अनुसार घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.