तेह्थुम,१७ बैशाख । तेह्रथुममा चट्याङले लागेर एक बालकको मृत्यु भएको छ भने अर्का गंभीर घाइते भएका छन् ।बर्षासंगै परेको चट्याङले लागेर मंगलवार साँझ ५ बजे तेह्रथुम म्याङलुङ ७ चैते बस्ने गोपाल गुरुङका छोरा १५ वर्षीय उज्वल गुरुङको मृत्यु भएको छ ।
त्यसैगरि, चट्याङले लागेर सोही ठाउँ बस्ने भिमबहादुर गुरुङका छोरा ९ वर्षीय सौरभ गुरुङ घाइते भएका थिए ।दुवैलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम लगिएकोेमा साँझ ६.३० बजे उपचारको क्रममा उज्वलको मृत्यु भएको हो । सौरभको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।