दमक,१६ बैशाख । नेपाली कांग्रेस कमल गाउँसमितिमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम शुरु गरिएको छ । संगठन सृढृढिकरण अभियान अन्तगर्त कांग्रेसले १५ बैशाखदेखि २६ गतेसम्म झापा क्षेत्र न. ५ का २९ वटै वडामा अन्तरकृयात्मक अभिमुखीकरण कार्यक्रम शुरु गरेको हो ।
सो कार्यक्रम अन्तर्गत कमल- ५ वडा समितिले मंगलवार अन्तरकृयात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको वडा सभापति चन्द्रसिंह राईले बताए । पार्टीकी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पार्टीका जिल्ला उपसभापति केशव पाण्डे, कांग्रेस प्रदेश समिति सदस्य तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई लगायतले बोलका थिए । उनीहरुले संगठन बलियो बनाउन सकेमात्र देशमा समृद्धि र विकासले गति लिने औल्याए ।
स्थानीय सगुन युवा क्लवको सभाहलमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडासभापति चन्द्रसिंह राईले वडामा पार्टी संगठनका विषयमा बोलेका थिए । सो अवसरमा कांग्रेसले क्रियाशील सदस्यता नविकरण भएका प्रमाणपत्रहरु समेत पार्टी सदस्इहरुलाई वितरण गरिएको वडासभापति राईले बताए । कार्यक्रममा सहभागि पार्टीका सदस्यहरुले कांग्रेस भित्र संगठन निर्माण, समन्वय लगायतका गतिविधि हुन नसकेको गुनासो राखेका थिए ।
कांग्रेस कमलका सभापति खगेन भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा पार्टीकी नेतृ चन्द्रा भट्टराई, पार्टीका पूर्व आमन्त्रीत केन्द्रीय सदस्य दिलीप राई लगायतका नेता , कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो । यसैगरि, मंगलवारनै कमल -६ मा तय गरिएको वडा भेला स्थगित गरिएको वडा सभापति रोशन दाहाले बताए ।कांग्रेस झापाका अनुसार दुई महिने पार्टी सुढृढिकरण कार्यक्रम अन्तर्गत ५ वटै निर्वाचन क्षेत्रमा अभियान सञ्चालन गरिएको छ ।