ओखलढुंगा,२१ फागुन ।ओखलढुंगामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चिशंखुगढी गाँउपालिकादेखी ओखलढुङ्गा सदरमुकाम जादै गरेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान भएको हो । चिशंखुगढी ३ स्थित राहुटार नजिकै भएको बोलेरो दुर्घटनामा चिसंखुगढी ३ का ७० वर्षिय भक्तबहादुर थापा र ५२ वर्षिय मिन बहादुर श्रेष्ठको मृत्यु
भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दिपक केसीले जानकारी दिए ।दुर्घटनामा अन्य ११ जना घाईते भएका छन् । घाईतेहरुको उद्धार गरि उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको चिशंखुगढी गाँउपालिकाका अध्यक्ष निशान्त शर्माले बताए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर छ ।५ जनाको क्षमता भएको बोलेरोमा १३ जना सवार थिए । क्षमताभन्दा बढी बोकेका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।