आईतबारेमा अव साप्ताहिक हाट लाग्ने

दमक,२० माघ । जिल्लाको कमल गाउँपालिका ५ पाडाजुङ्गीस्थित आईतबारेमा अव साताको आइतवार साप्ताहिक हाट लाग्ने भएको छ ।स्थानीय उत्पादन तथा ब्यापार प्रबद्र्धनमा सघाउँ पुरयाँउन साताको आइतवार पाडाजुङ्गी-आइतवारे हाट लगाउन तयारी थालिएको हो ।
आइतवार स्थानीय बासी,जनप्रतिनिधिहरु,टोलविकास संस्थाका प्रतिनिधिहरुको सम्मिलित बैठकले आइतवारेमा साप्ताहिक हाटवजार लगाउने निर्णय भएको वडाअध्यक्ष लालबहादुर विष्टले बताए ।
उनका अनुसार भेलामा पाडाजुङ्गी–आईतबारेमा साप्ताहिक बजार लगाउने विषयमा वृहत छलफल भएको छ । वजारमा स्थानीय कृषि उत्पादनदेखि दैनिक उपभोग्य समानहरुको उपलव्धता हुने भएकाले पनि यहाँको आर्थिक गतिविधिमा टेवा पुग्ने उनको भनाई छ ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको छलफलमा सरोकारवालाहरुले वडाको पूरानो यस हाटलाई विस्तार गर्न सवैको साथ र सहयोग हुनुपर्ने उल्लेख गरेका थिए ।
आइतवारेमा यसअघि साताको आइतवार हाट लाग्दैआएको थियो । तर वजार चहलपहल हुन नसकेपछि त्यस हाट बर्षोदेखि वन्द भएको थियो । पाडाजुङ्गी–आईतबारे हाट व्यवस्थापनका लागि खड्गबहादुर श्रेष्ठको अध्यक्षतामा एक व्यवस्थापन समिति गठन गरिएको छ । गठित समितिको उपाध्यक्ष यज्ञबहादुर थापा (राजु),सचिवमा धर्म ढुंगाना ,सहसचिवमा गोपालबहादुर निरौला र कोषाध्यक्षमा कमला राई गुरुङ चुनिएका छन् । गठित समितिको सदस्यहरुमा हर्क राई, भक्तबहादुर मगर,अर्जुन थापा, धिरज श्रेष्ठ , घनश्याम श्रेष्ठ ,कृष्ण ल्वागुन ,सन्देश कालिकोटे, अन्जान राई ,कौशिला राई, कमलासेन थापा ,जमुना श्रेष्ठ र विष्णु कार्की चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published.