दमक,११ माघ । नेकपा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ नेपाल दमक नगर कमिटी गठन गरिएको छ ।शुक्रवार सम्पन्न प्रथम नगर सम्मेलनले शुसील कार्कीको अध्यक्षतामा महासंघको दमक नगर कमिटी गठन गरिएको हो । १५ सदस्यीय सर्वसम्मत गठित कमिटीको उपाध्यक्षमा विवेक मगर ,सचिवमा मान बहादुर गौतम ,सह सचिवमा भिम संग्रौला र कोषाध्यक्षमा कल्पना तामाङ चुनिएका छन् । यसैगरि सदस्यहरुमा दुर्गा विश्वकर्मा ,राजकुमार लिम्बू , किरण भण्डारी ,गंगा मुर्मू , भरत धिमाल र डिक बहादुर धिमाल चयन भएका छन् ।
माओवादी दमक नगर कमिटीको सभाहलमा सम्पन्न नगर सम्मेलनमा जनसांस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष प्रा.डा. खेमचन्द्र खनाल ,पार्टी नगर अध्यक्ष रवि बस्नेत , नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य प्राज्ञ सुमित्रा वाङदेल चेली, नेपाल बुद्धिजीवी संगठन एक नम्बर प्रदेश कमिटीकी अध्यक्ष राधिका ओझा ,सांंस्कृतिक कलाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।