दमकमा मनाईयो टोपी दिवस ,अग्रज तिम्सिना सम्मानित

दमक,१७ पुस । विगतका वर्षझै यसवर्ष पनि दमकमा धुमधामका साथ राष्ट्रिय टोपी दिवस मनाईएको छ ।टोपी दिसका अवसरमा बुधबार दमकमा अग्रज व्यक्तित्व मेघराज तिम्सिनालाई सम्मान प्रदान गरिएको छ । सामाजिक कार्यमा सक्रिय संस्था जीवनचक्र समाजले दमक -६ निवासी सामाजिक, शैक्षिक व्यक्तित्वका धनी ८३ बर्षिय तिम्सिनालाई सम्मान गरेको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दोसल्लासहित सम्मानपत्रद्धारा प्रदान गरिएको थियो ।टोपी दिवस कार्यक्रमका संयोजक बेनु प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले नेपालीहरुको पहिचानका रुपमा रहेको टोपीलाई संरक्षण गरि विश्वभर चिनाउन खाँचो भएको उल्लेख गरे । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी लगायतले टोपी दिवसको महत्व माथि चर्चा गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका अध्यक्ष गणेश प्रसाद गौतमले गरेका थिए ।
संस्थाले कार्यक्रम सहभागिहरुलाई करिव ४ सय टोपी वितरण गरेको थियो ।टोपीको महत्वोपी संरक्षणमा जोड दिदैं समाजले विभिन्न संघसंस्थाको सहभागितामा बर्षेनी यो दिवस मनाउदैं आएको छ ।

Leave a Reply

Your email address will not be published.